काठमाडौं । चालु वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आयात १३.१८ प्रतिशतले बढेको हो ।
गत आवको सोही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात भएको थियो । त्यस्तै, १० महिनामा निर्यात पनि बढेको छ । चालु आवको बैशाख महिनासम्ममा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ निर्यात भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्यात १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको भएको थियो ।
समिक्षा अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आव सोही अवधिमा यस्तो घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यस्तो घाटा ६.७२ प्रतिशतले बढेको हो ।
बैशाख महिनासम्ममा कुल विदेशी व्यापार १८.३७ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ । चालु आवको १० महिनामा सरकारले ३ खर्ब ८६ अर्ब ६२ करोड २२ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
१० महिनाको अवधिमा नेपालमा सबैभन्दा धेरै पेट्रोल, डिजेल, ग्याँस, इभी, सोयाविन तेल जस्ता बस्तु आयात भएका छन् ।
प्रतिक्रिया दिनुहोस्