काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा मन्दाकिनी हाइड्रोपावर, सोल्टी होटल्स र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एण्ड डेभलपमेन्टको १ करोड २ हजार १० ला ४ सय ८९.१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर बापतको ३ लाख ७ हजार ९ सय ८४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस सेयर बापतको ६ लाख ११ हजार ६ सय ५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, सोल्टी होटल्सको १० प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८ सय ९९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब नेप्सेमा दोस्रो बजारमा भोलि मंगलबार (माघ २९ गते) देखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्