काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर बापतको २६ लाख ८१ हजार ५ सय १८ कित्ता बोनस सेयर सुचीकृत भएको छ ।
साथै, अब कम्पनीको दोस्रो बजारमा कारोबार भोलि अर्थात् जेठ २० गते कारोबारदेखि आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्