काठमाडौं । कुमारी बैंकले १६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्