काठमाडौं । १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरबिरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन् । सरकारले माघ २२ गते एचपिभी खोप अभियान शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका हुन् ।
नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको जानकारी दिए । लक्षित समूहका किशोरीहरुलाई नि:शुल्क उपलब्ध गराइएको बताए । उनले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरुलाई हरेक वर्ष लगाइने बताए । कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए ।
मन्त्री पौडेलले यस खोपले कुनै साइट इफेक्ट नपरेको दाबी गरे । उनले यो खोप पुरुषहरुलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको बताए । उनले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरुमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताए ।
उनले सरकारले श्रोत खोजेर उपलब्ध गराउन आवश्यकताअनुसार प्रयत्न गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्