Skip to content
Shikhar Insurance
National Life

८ वर्ष वारेन्टी भएको उलिङ्ग इभी कमर्सियल भ्यान सार्वजनिक हुँदै, यस्ता छन् फिचर्स र मूल्य

Hyundai
NCELL
NIMB

काठमाडौं । कमर्सियल गाडीहरुको अग्रिणी डिलर शशिला मोटर्स् प्रा.लि.र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबिच सम्झौता भएको छ । उक्त सम्झौतामा शशिला मोटर्स्का प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्सका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका हुन् ।

उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो । यस सम्झौता पश्चात शशिला मोटर्स् प्रा.लि. उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ ।

शशिला मोटर्स् र उलिङ्ग मोटर्सको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ । उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए ।

उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः
इभी भ्यान नेपालकै पहिलो पटक ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी भएको भ्यान हो । यस्मा ४१.८७ कि.वा.. आवर ब्याट्री, कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक, सिङ्गल चार्जमा ३०० कि.मि. रेञ्ज, ११ आरामदायी सिट साथै ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउसहित उत्कृष्ट आन्तरिक सजावट भएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्