Skip to content
Shikhar Insurance
National Life

८८ वटा सूचीकृत कम्पनीलाई कारवाही गर्दै धितोपत्र बोर्ड , सोध्यो १५ दिने स्पष्टीकरण

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ८८ ओटा कम्पनीलाई कारवाही गर्ने तयारी गरेको छ । समयमै बिवरण नबुझाउने वा ढिलागरी बुझाउने सूचीकृत ८८ वटा कम्पनीलाई किन कारवाही नगर्ने भनेर १५ दिने स्पष्टीकरण सोदेको छ ।

२०८०।०७।२० को बोर्डको निर्णय अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम आ.व. २०७९।८० को चौथो त्रैमासिक विवरण बोर्डमा ढिलो बुझाउने तथा नबुझाउने संस्थाहरुलाई कारवाही गर्ने निर्णय गेको थियो । सो निर्णयको कार्यानयनका लागि बोर्डले १५ दिनभित्र कारण पेसगर्न कम्पनी हरुलाई पत्र काटेको हो ।

१५ दिनभित्र चित्तबुज्दो जवाफ नआए बोर्डले ति कम्पनीहरुलाई कसुर हेरी ५० हजार देखी १ लाख सम्म नगद जरीवाना गर्ने छ ।

नेपालको इतिहाँसमा धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई विवरण ढिलो बुझएको तथा नबुझाएकोमा कारवाही गर्न लागेको यो पहिलोपटक हो ।

 

कारवाहीमा परेका कम्पनीहरूकाे सूची

GBIME

प्रतिक्रिया दिनुहोस्