Skip to content
Shikhar Insurance
National Life

७ लाख ६८ हजार आवेदकले पाए सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर

Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्छ बैंकिङ्ग लिमिटेडको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो।

इन्स्योरेन्सले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा मागभन्दा २.१३ गुणा बढी आवेदन परेको थियो।

निष्काशनमा परेका कुल आवेदनमध्ये १४ लाख ६० हजार ६१ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार कुला आवेदकमध्ये ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको सेयर प्राप्त गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्