Skip to content
Shikhar Insurance
National Life

७७ कम्पनीको ४५ अर्ब बराबरको आइपीओ आउँदै, अनुमति माग्दै एकै दिन थपिए ४२ कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बोर्डमा एकैदिन ४२ कम्पनीहरुले आइपीओ अनुमतिका लागि निवेदन दिएका छन् । बोर्डबाट आइपीओ अनुमति ढिलाई भैरहदाँ अनुमति कुर्ने कम्पनीहरुको संख्या बढेको हो ।

बिहिबार (मंसिर ६ गते) एकै दिन ४२ कम्पनीहरुले निष्कासनको लागि आवेदन दिएका छन् । यो सँगै आइपीओ अनुमति कुर्ने कम्पनीहरुको संख्या ७७ पुगेको छ । धितोपत्र बोर्डमा एक वर्ष अगाडीदेखि ३५ कम्पनीहरु आइपीओ निष्कासनको लागि निवेदन दिएका बसेका छन् ।

तर बोर्डमा पुर्व अध्यक्ष रमेश हमालको कार्यकाल पुष २० गते सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न सकेको छैन । अध्यक्ष नहुदाँ काम चलाउ अध्यक्षले आइपीओ स्वीकृतिको काम गर्न सकेको छैन । लामो समयदेखी आइपीओ स्वीकृत नहुदाँ ७७ कम्पनीहरु आइपीओ अनुमति कुरेर बस्नेको संख्या ७७ पुगेको छ ।

नयाँ कम्पनीहरू थपिएसँगै आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका ७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् ।

तर धितोपत्र बोर्डमा अध्यक्षको टुङगो नलाग्दा कम्पनीहरुले आइपीओको स्वीकृति पाउन सकेका छैनन । आइपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरू रहेका छन् । १ वर्ष अगाडीदेखि ३७ वटा हाइड्रोपावर कम्पनीहरू बोर्डमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् ।

उक्त कम्पनीहरूको १५ अर्ब ७ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७ लाख ९० हजार ४६४ कित्ता आइपीओ निष्कासन हुनेछ । आईपीओ निष्कासनको पाइपलाइनमा रहेका अन्य कम्पनीहरूमा उत्पादन तथा प्रशोधन क्षेत्रका १३ कम्पनीहरु रहेका छन् । कम्पनीहरुले १९ अर्ब २२ करोड २६ लाख ८९ हजार ५ सय १५ रुपैयाँ बराबरको ७ करोड ९७ लाख ७६ हजार ४८ कित्ता लागि आवेदन दिएर बसेका हुन् ।

होटल तथा पर्यटन क्षेत्रका ५ कम्पनीहरुको २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ९८ लाख ६० हजार कित्ताको लागि आवेदन दिएका हुन् । यस्तै, ४ माइक्रोइन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ताका लागि आवेदन दिएका हुन् ।

यसैगरी, अन्य क्षेत्रका १५ कम्पनीको ६ अर्ब ३७ करोड ९५ लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४करोड ४३ लाख १३ हजार ३ सय ४४ कित्ताका लागि आवेदन दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्