Skip to content
Shikhar Insurance
National Life

७३.६८% लाभांश घोषणा गरेर अदालतसम्म पुगेको नेष्डो समृद्धको लाभांश संशोधन, अब कति वितरण गर्ने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश संशोधन गरेको छ।कम्पनीको शनिबार बसेको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत बोनस सेयर र करिब सहित २३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। लघुवित्तले लाभांश संशोधन गरी अब कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

तर, राष्ट्र बैंकले गत वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न अनुमति दिएको थियो। राष्ट्र बैंकको उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने भन्दै नेष्डो अदालत पुगेको थियो।

राष्ट्र बैंकद्वारा स्वीकृत १७.९३ प्रतिशत लाभांशले विद्यमान विषम परिस्थितिमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकरात्मक प्रभाव पार्ने भएकोले करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको लघुवित्तले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ।

राष्ट्र बैंकको स्वीकृत भई र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्