Skip to content
Shikhar Insurance
National Life

५ महिनामा कुल बीमा शुल्क ६५ अर्ब ७४ करोड संकलन, नेपाल लाइफको मात्रै १८ अर्ब ७६ करोड

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ६५ अर्ब रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले पाँच महिनामा ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाँच महिनामा सबैभन्दा धेरै बीमा बीमाशुल्क उठाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पाँच महिनामा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योेरेनस कर्पोरेसन नेपालले ७ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ६५ करोड ५४ लाख, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ५९ करोड ७५ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमाले २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ ।

पाँच महिनामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्