Skip to content
Shikhar Insurance
National Life

१५ प्रतिशत लाभांश प्रस्तावसहित शिवम् सिमेन्टले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १४.२५ प्रतिशतका दरले हुन आउने ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले हुन आउने ३ करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते ८औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। सोहिअनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्