Skip to content
Shikhar Insurance
National Life

५० हजार घुस लिएको अभियोगमा भट्टराई पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शङ्खमूलबाट पक्राउ गरेको हो । आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्