Skip to content
Shikhar Insurance
National Life

५० रुपैयाँमा पाइने हाथवेको आइपिओ भदौ २१ देखि

Hyundai
NCELL
NIMB

काठमाडौं । ५० रुपैयाँमा पाइने हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ भदौ २१ गतेदेखि खुल्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीका लागि २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता तथा सामुहिक लगानी कोषका लागि ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

भदौ २५ गतेसम्म भर्न सकिने आईपीओमा न्यूनतम २० देखि २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्