Skip to content
Shikhar Insurance
National Life

४.५७ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजार सामान्य अंकको सुधार देखिएको छ । आइतबार १.८९ अंक बढेर बन्द भएको सेयर बजार सोमबार पनि सामान्य अंक बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.५७ अंक बढेर २,१००.६५ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.७६ अंक बढेर ४०२.०१ को विन्दुुमा बन्द भएको हो ।

नेप्सेका अनुसार दिनभरीमा २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से १.८९ अंक बढ्दा करिब २ अर्बको सेयर कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएको १०४ कम्पनीको सेयर मूल्य बढेको छ । ९५ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन आदर्श लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । भने ८.५ प्रतिशत लक्ष्मि बैंक डिबेन्चर सबैभन्दा बढी ९.५८ प्रतिशत घटेको छ ।

कारोबार रकमको आधारमा एनआइसी एशीया बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, यूनिभर्सल पावर कम्पनीको ५ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ८९ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख र आदर्श लघुवित्तको ४ करोड ३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । भने बाँकी कम्पनीहरुको ४ करोड रुपैयाँ भन्दा कम सेयर कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.८२ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE