Skip to content
Shikhar Insurance
National Life

४ महिनापछि खुलयाे सिभिल बैंकको सेयर कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । विगत ४ महिनायता मर्जरका कारण रोक्का रहेका सिभिल बैंकको सेयर कारोबार फुक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते बुधबारदेखि बैंकका आधारभूत सेयरधनी बाहेकको सेयर कारोबार फुकुवा गरेको हो।

बैंकले गत असार २९ गते हिमालयन बैंकसँग गाभ्ने सहमति गरेपछि नेप्सेले असार ३० गतेदेखि बैंकको कारोबार रोक्का गरेको थियो । बैंकले कारोबार फुकुवा गर्न नेप्सेमा पत्र पठाएको थियो । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३ ९१० बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेको सेयर कारोबार नेप्सेले फुकुवा गरेको हो ।

हिमालयन बैंकले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने सहमति भएको गरेको छ । सोही अनुसार यी बैंकको मर्जर प्रक्रियामा राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति समेत दिइसकेको छ ।

प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सिइओ अशोक राणा नै रहने छन्। नयाँ बन्ने बैंकको सञ्चालक समितिमा सिभिलका कुनै पनि सञ्चालन रहने छैनन्। सिभिल बैंकका हालका सिइओ नयाँ बैंकको डेपुटी सिइओ हुनेछन् भने कर्मचारी बराबरी हैसियतमा समायोजन हुनेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्