Skip to content
Shikhar Insurance
National Life

४ दिनको कारोबारमा १०० अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमा सिमित

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार ६३ अंकले बढेको सेयर बजार त्यसयता निरन्तर चौथो कारोबारको दिन घटेको हो। ४ दिनको कारोबारमा नेप्से १०० अंकले घटेको छ ।

बुधबार नेपाल सटक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.७१ अंक घटेर २,१२६.४८ को विन्दुमा झरेको हो । त्यस्तै, ठूला कम्पनीकाे सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.२६ अंक घटेर ४०३.८४ को विन्दुमा बन्द भएको हो ।

यसदिन २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर ४४ हजार ६७२ पटक खरिदबिक्री हुँदा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । कारोबारमा आएको १६ कम्पनीको सेयर मूल्य बढेको छ । १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने, ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको १० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख, प्रोगेसीभ फाइनान्सको ६ करोड ८० लाख, नेपाल रिइन्स्योरेन्सको ६ करोड ११ लाख र एभरेष्ट बैंकको ६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य सर्वाधिक ७.३९ प्रतिशत बढेको छ। त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको ५.९० प्रतिशत, इमर्जीङ्ग नेपालको ५.६६ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ५.६१ प्रतिशतले बढेको छ। कारोबारमा आएको किसान लघुवित्तको सेयरमूल्य यस दिन सर्वाधिक ८.६८ प्रतिशत घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६५ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विका सबैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्