Skip to content
Shikhar Insurance
National Life

४ जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रूपैयाँ बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ ।

विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नंको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान (३४ लाख रूपैयाँ) र पाँच सय दरका दुई हजार थान (१० लाख रूपैयाँ) फेला पारी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो।

त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रतिवादीहरु प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरी प्रतिवादी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम आएको पाइएको अधिकारीले बताए।

विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्य प्रतिवादीहरुलाई दिन बुझाउन बाँकी रहेको रकम रु ८३ लाख ३८ हजारसमेत गरी जम्मा १ करोड २७ लाख ३८ हजार बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रतिवादी अरुण यादवको हकमा ८ करोड करोड ६५ लाख ६० हजार र प्रतिवादी पवनकुमार यादवलाई ५ करोड ८ लाख ८८ हजार गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार ८ सय रूपैयाँ बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ ।

प्रतिवादीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आएकाले सोही अनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्