Shikhar Insurance
National Life

४४.४८ अंकले घट्यो बजार, डुबे विकास बैंकका लगानीकर्ता

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । यो साता सेयर बजारले लगानीकर्ता निराश बनाएको छ । पछिल्लो समय विकास बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेपछि लगानीकर्ताको मनोबल कमजोर भएको हो ।  ४ दिन मात्रै कारोबार भएकाे यो साता २ कारोबार दिन सामान्य अंकले बढेपनि २ कारोबार दिन भने बजारमा भदाैरे पहिराे नै गएकाे थियाे ।

अघिल्लो साता ३३.८९ अंकले बढेको बजार यो साता ४४.४८ अंकले घटेर २५८६.२३ बिन्दुमा पुगेकाे छ । बजारमा पहिराे गएसँगै कारोबार रकममा समेत गिरावट आएको छ । यो साता ४ करोड ३७ लाख ९४ हजार ३ सय ३२ कित्ता सेयर किनबेच हुँद १९ अर्ब ३५ करोड २ लाख ८२ हजार ५ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो छ साताको सेयर बजार

साताको पहिलो कारोबार दिन अर्थता पुस ४ गते सेयर बजार २१.१२ अंकले घटेर २६०९.५८ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

आइतबार ३ सय १६ कम्पनीको १ करोड १० लाख ९९ हजार २ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७२ कम्पनीको सेयर मूल्य घटेको थियो भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, आइतबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने ४ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात पुस १६ गते सेयर बजार ३३.०८ अंकले घटेर २५७६.५० को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

मंगलबार ३ सय ८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ६८ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन २८ कम्पनीको सेयर मूल्य बढ्दा २ सय १३ कम्पनीको सेयर मूल्य घटेको थियो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सो दिन एक कम्पनीको सेयर मूल्य ४.०१ अंकले बढेको थियो भने ४ कम्पनीका सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

सातको चौथो कारोबार दिन सेयर बजार ५.१० अंकले बढेर २५८१.६० को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार ३ सय ५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँको कारोबार भएको थियो । साे दिन १ सय ५० कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको थियो भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सो दिन त्रिशुली जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने सपोर्ट माक्रोफाइनान्स वित्तीयको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात पुस १८ गते सेयर बजार ४.६३ अंकले बढेर २५८६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । बिहीबार ३१५ कम्पनीको १ अर्ब ८६ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३ सय ७९ रुपैयाँ बराबार कारोबार भएको छ ।

साे दिन १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

साथै, सो दिन २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ५.०२ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्