Skip to content
Shikhar Insurance
National Life

४२.७१ प्रतिशतले बढ्यो निफ्राको नाफा, प्रति सेयर आम्दानी कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं। असार मसान्तसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफामा उल्लेख्य सुधार भएको छ। बैंकको नाफा ४२.७१ प्रतिशतले बढेर १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ पुगेको हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब २ करोड २५ लाख २७ हजार रुपैयाँ पुगेको थियो । बैंकको २ अर्ब २८ करोड जगेडा तथा अवितरित नाफाको शीर्षकमा रहेको छ।

असार मसान्तसम्म २१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको निफ्राको प्रति सेयर आम्दानी ६.७६ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ २ रुपैयाँ ५३ पैसा बढेर ११० रुपैयाँ ५७ पैसा पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा पनि ३१ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८० करोड ५१ लाख रुपैयाँ मात्रै थियो।

यो अवधिमा २७ करोड ८५ लाख कर्जा जोखिम व्यवस्थापनलाई छुट्याएको देखिन्छ। बैंकले गत आर्थिक वर्ष २९.६१ प्रतिशतले कर्जा बिस्तार गर्यो। कुल २० अर्ब १४ करोड कर्जा लगानी गरेको छ।

बैंकको खराब कर्जा बढे पनि संचालन मुनाफामा भने सुधार देखिन्छ। ४२.६८ प्रतिशतले संचालन मुनाफा बढेर २ अर्ब ८ करोड नाघेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्