Skip to content
Shikhar Insurance
National Life

४१३ लिटरसम्म नेट क्षमता भएको सीजी इलेक्ट्रोनिक्सको तिन रेफ्रीजेरेटर नेपाली बजारमा

Hyundai
NCELL
NIMB

काठमाडौं । अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको तीन नयाँ मोडेलका मिडिया डबल डोर माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।

नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले कम्पनीले मिडिया डबल डोर माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको हो । मिडियाका यी डबल डोर फ्रिज मोडेल शैली र कार्यक्षमताको पूर्ण मिश्रण हो । २३६,३३८ र ४१३ लिटर नेट क्षमता भएका रेफ्रिजेरेटर साना देखि मध्यम आकारका परिवारहरूको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

यसमा इन्वर्टर क्वाट्रो प्रविधि, स्मार्ट सेन्सर, एक्टिव-सी फ्रेश प्रविधि, र इलेक्ट्रोनिक कन्ट्रोल समावेश छन्, जसले ऊर्जा दक्षता र स्थिर कूलिङ सुनिश्चित गर्दछ। बिग कूलिङ जोन, विशेष अण्डा ट्रे, ठूली बरफ ट्रे, हाइलाइट-एलईडी लाइटिङ, र २ लिटर डोर र्याक जस्ता सुविधाहरूले भण्डारणमा सहजता थप्ने कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्