Shikhar Insurance
National Life

३ बैंकसहित सात कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ पुष १४, आईतवार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ विकास बैंकसहित सात कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबार तीन बैंक, तीन लघुवित्त कम्पनी र एक हाइड्रोपावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

समायोज हुने कम्पनीहरुमा महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र चिलिमे हाइड्रोपावर कम्पनी रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको सेयर समायोजन अघिको मूल्य ३ सय ८९ रुपैयाँ रहेको थियो भने बोनस सेयर मूल्य समायोजन पछिको मूल्य ३ सय ७७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको सेयर समायोजन अघिको मूल्य ३ सय ३३ रुपैयाँ ९० पैसा रहेको थियो भने सेयर समायोजन पछिकाे मूल्य ३ सय २४ रुपैयाँ १७ पैसा भएको छ ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको सेयर समायोजन पछिको मूल्य ६ सय ३५ रुपैयाँ ३९ पैसा कायम भएको छ । बैंकको सेयर समायोजन अघिको मूल्य ६ सय ९५ रुपैयाँ ८० पैसा थियो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । संस्थाको सेयर समायोजन अघिको मूल्य १ हजार ५ सय ७१ रुपैयाँ रहेकोमा सेयर समायोजन पछि १ हजार ३ सय ७८ रुपैयाँ ०७ पैसा भएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । संस्थाको सेयर मूल्य समायोजन अघिको मूल्य ९ सय ३० रुपैयाँ रहेको थियो भने सेयर मूल्य समायोेजन पछि ८ सय ६१ रुपैयाँ २० पैसा भएको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४।२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । संस्थाको सेयर समायोजन पछिकोे मूल्य ५ हजार ७ सय १५ रुपैयाँ ५४ पैसा भएको छ । संस्थाको सेयर समायोजन अघिको मूल्य ६ हजार ५ सय ३० रुपैयाँ थियो ।

त्यसैगरी, चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सेयर समायोजन अघिको मूल्य ५ सय ७० रुपैयाँ रहेकोमा सेयर समायोेजन पछिको मूल्य ५ सय १८ रुपैयाँ १८ पैसा भएको छ ।

अब यी कम्पनीहरुको सेयर दोस्रो बजारमा पुष १६ गते मंगलबारदेखि कारोबार हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्