Skip to content
Shikhar Insurance
National Life

३ तहको ब्रोकर लाइसेन्स दिने व्यवस्था चाँडै कार्यान्वयनमा ल्याउन अर्थमन्त्री देउवालाई लगानीकर्ताको दबाब

Hyundai
NCELL
NIMB

काठमाडौं । तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने नयाँ व्यवस्थाबाट लगानीकर्ता खुसी भएका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति निकाल्दै आफ्नो लामो समयदेखिको मागअनुसार व्यवस्था आएको बताएका हुन् ।

“हामी लगानीकर्ताहरूले विगत लामो समयदेखि नेपालको शेयरबजारको विकास र विस्तारको महत्वपूर्ण कारकको रूपमा रहेको बैंक तथा वित्तीय संस्था वा बैंकको सहायक कम्पनीहरूलाई ब्रोकर लाईसेन्स, प्राकृतिक व्यक्ति वा संस्थालाई ‘फ्रि इन्ट्री, फ्रि एक्जिट’ को माध्यमबाट ब्रोकर इजाजत पत्र वितरण गर्नुपर्ने हाम्रो मागलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले “धितोपत्र व्यवसायी नियमावली २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेकोमा हामी लगानीकर्ताका आधिकारिक संघ संगठनहरू मार्फत लगानीकर्ताहरूको तर्फबाट अध्यक्ष श्री रमेश कुमार हमालज्यू लगायत सम्पूर्ण नेपाल धितोपत्र बोर्ड परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,” फोरमका अध्यक्ष तुलसीराम ढकाल, संघ नेपालका अध्यक्ष उत्तम अर्याल र संघकी अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “पूँजीबजारको विकास र विस्तारमा नेपाल धितोपत्र बोर्डबाट भएको उक्त धितोपत्र व्यवसायी नियमावली २०६४ को संशोधन प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय छ । उक्त बुँदा कार्यान्वयनमा आएपछि पुँजीबजारको विकास र विस्तारमा कोशेढुङ्गा सावित हुनेछ ।”
उनीहरूले पूँजीबजारको क्षेत्रमा समयानुकुल विकास र विस्तारको लागि तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्यको यथासिघ्र कार्यान्वयन गर्नको लागि नेपाल धितोपत्र बोर्ड मार्फत अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्