Shikhar Insurance
National Life

३३ अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ५ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ पुष १६, मंगलवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्राे कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अंकले घटेर २५७६.५० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ६८ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ९४ लाख ९२ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य २ सय ३८ रुपैयाँ पुगेको छ ।

मंगलबार २८ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, मंगलबार एक कम्पनीको सेयर मूल्य ४.०१ अंकले बढेको छ भने ४ कम्पनीका सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्