Skip to content
Shikhar Insurance
National Life

दुई चिनियाँ नागरिक ३० लाख अवैध रकमसहित पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख रूपैयाँ अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनले भने, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्