Skip to content
Shikhar Insurance
National Life

३० प्रतिशत लाभांश प्रस्तावसहित नेपाल ल्यूब आयलले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १० गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। सोहिअनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्