Skip to content
Shikhar Insurance
National Life

२ करोड सम्मको कर्जालाई पुन:तालिकीकरण गर्न मिल्ने, बैंक र ऋणीलाई राहत

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले २ करोड रुपैयाँ सम्मको कर्जा पुन:तालिकीकरण वा पुनरसंरचना गर्न बाटो खोलेको छ ।

सोमबार (असार ९ गते) सर्कुलर जारी गर्दै राष्ट्र बैंकले क ख र ग वर्गका बैंकहरुको २ करोड सम्मको ऋण पुनरतालिकिकरण गर्न मिल्ने मिलाएको हो ।

यसरी पुन:तालिकिकरण गर्न राष्ट्र बैंकले असोज मशान्तसम्मको समय दिएको छ ।

राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ, ‘परिस्थितिवश समस्यामा परेका रु. २ करोडसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यम ) मा प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगद प्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्न सकिनेछ :

(१) यस्तो पुनरतालिकीकरण र / वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्नेछ ।

(२) यसरी पुनरतालिकीकरण र / वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुष मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ । (३) पुनरतालिकीकरण र / वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था write back गर्न पाइने छैन ।’ भनि उल्लेख छ ।

पुर्व गभर्नर महाप्रसाद अधिकारीले पनि पटक-पटक ऋणीहरुलाई पुन:तालिकीकरण गर्ने सुविधा दिएका थिए । नव नियुक्ति गभर्नर विश्वनाथ पौडेलले पनि ऋणी र बैंकरलाई सहज हुनेगरी काम गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्