Skip to content
Shikhar Insurance
National Life

२९.४७ अंकले बढ्यो  सेयर बजार 

Hyundai
NCELL
NIMB

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.४७ अंकले बढेर २,०४५.४५ को विनदुमा पुगेको छ। आज नेप्सेमा सूचिकृत २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा एक अर्ब ५१ करोड ४ लाख ८८ हजार ९ सय ८४ बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ७६.२९ अंकले र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३२.२२ अंकले बढेको छ । बैंकिङ समूह ९.५४, विकास बैंक ४३.५५, वित्त ३३.८२, होटल तथा पर्यटन ५७.२८ र लगानी समूह एक दशमलव ०७ अंकले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ४२.८०, लघुवित्त ६१.८०, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ५५.४९ र अन्य समूह १३.३७ अंकले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने धेरै घट्नेमा सिजिटन्स सुपर–३० म्युचुअल फन्डको सेयर मूल्यमा ७.४२ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको ७ करोड ५७ लाख ६५ हजार आठ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको एक लाख ५१ हजार सात सय १३ कित्ता शेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्