Skip to content
Shikhar Insurance
National Life

२४ काटुन रजनीगन्धा राजश्व छली काठमाडौं भित्र्याउने ४ जना विरुद्ध मुद्धा दायर

Hyundai
NCELL
NIMB

काठमाडौं । राजश्व छली गर्ने ४ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । भारतबाट २४ काटुन रजनीगन्धा गैर कानुनी रुपमा राजश्व छली गरी काठमाडौं भित्र्याउने ४ जना जनालाई १८ लाख ४६ हजार ७३४ रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

जसमा लुखु गाउँपालिका ३, बाघे, नुवाकोट हालद महालक्ष्मी नगरपालिका २३ धापाखेल, ललितपुर बस्ने रामशरण बोगटी, मिर्चैया नगरपालिका २, मल्हनिया खोरी, सिरहा बस्ने अमितकुमार साह, पञ्चदेवल विनायक नगरपालिका १, सीमटोल, अछामका हाल महालक्ष्मी नगरपालिका ४ ईमाडोल, ललितपुर बस्ने नमराज तिमिल्सैना र पञ्चदेवल विनायक नगरपालिका ९१, सीमटोल, अछामका तिर्थ राज ढकाल विरुद्ध विभागले मुद्दा दायर गरेको जनाएको छ ।

उनीहरुले भारतमा उत्पादित बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन (३११.०४ केजी) रजनीगन्धा, दर्ता भए भन्दा फरक नम्बरको प्लेटको ढुवानी साधन (ट्रक) को प्रयोग गरी त्यसमा नेपाली सेनाको लोगो सहितको व्यानर प्रयोग गरेर सामान ढुवानी गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्