Skip to content
Shikhar Insurance
National Life

२३ अंकले घट्यो सेयर बजार

Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबार कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७० करोडको सेयर कारोबार भएको बजारमा यस दिन ६९ हजार ८३२ पटकको कारोबारमा १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २८४ कम्पनी सेयर कारोबार हुँदा ३४ स्टकको मात्र मूल्य बढेको छ। २४२ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको ५ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

यस दिन सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन दुई स्टकको सेयर नकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

१३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, लगानी लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्