Skip to content
Shikhar Insurance
National Life

३३.६८%ले बढ्यो बाणिज्य बैंकहरुको नाफा, तीन महिनामा कमाए १७ अर्ब ५२ करोड

Hyundai
NCELL
NIMB

२० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा १७ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तको अपरिस्कृत वित्तिय विववरण अनुसार २० बाणिज्य बैंकहरुले १७ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक बर्षको सोही अवधीको तुलनामा चालु आवको सोही अवधीमा बाणिज्य बैंकहरुको नाफा ४ अर्ब ४१ करोड अर्थात ३३.६८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

२०८० असोज मसान्तसम्ममा यीनै बैंकहरुको(२०८० असोज मसान्तसम्ममा एनआईसी एशिया बैंक ९९ करोड र कृषि विकास बैंक ८८ करोड रुपैयाँ ऋणात्मक थिए) नाफा १३ अर्ब ११ करोड रुपैयाँ थियो ।

पहिलो त्रैमासिक अवधीमा नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले एक अर्ब २८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । एनएमबि बैंकले एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गर्दा एभरेष्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।

११ वटा बैंकले पहिलो त्रैमासिकमा आफ्नो नाफा वृद्धि गर्दा ९ वटा बाणिज्य बैंकहरुको नाफा भने घटेको देखिन्छ ।

२० वटा बाणिज्य बैंकहरुको वितरण योग्य नाफा २६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यद्यपी, यसपाली पनि चार वटा बाणिज्य बैंकहरुको वितरण योग्य नाफा भने ऋणात्मक नै रहेको देखिन्छ ।

                                                                                                                          कुन बैंकले कति कमायो ?

GBIME

प्रतिक्रिया दिनुहोस्