Shikhar Insurance
National Life

२१.१२ अंकले घट्यो सेयर बजार, कारोबार रकम करिब साढे ५ अर्ब

सिंहदरबार संवाददाता
२०८१ पुष १४, आईतवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १० लाख ८२ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य २ सय ४१ रुपैयाँ पुगेको छ ।

आइतबार ६९ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइतबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्