Skip to content
Shikhar Insurance
National Life

२० देशका लागि राजदुत सिफारिस, को कहाँ परे ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि राजदूतहरु सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका ८ जना १२ जना राजनीतिज्ञ गरि २० देशका लागि राजदुत सिफारिस गरेको हो ।

चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, मलेसियाका लागि डिल्लीराज पौडेल, स्पेनका लागि शर्मिला पराजुली ढकाल, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, श्रीलंकाका लागि बासुदेव मिश्र, इजरायलका लागि शान्ता रिजाल राजदुत सिफारिस भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डेनमार्कका लागि रामसोगरथ राय यादव, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । त्यस्तै नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएका छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदीहरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल पनि राजदूतमा सिफारिस भएका छन्

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE