Skip to content
Shikhar Insurance
National Life

२०० दिनमा १०० अर्ब डलर नाफा कमाए तेल कम्पनीले, प्रतिबन्ध लगाउने राष्ट्रपतिको धम्की

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल कम्पनीहरुले अत्याधिक नाफा कमाएकाले भारी कर लगाउने घोषणा गरेका छन् । तेल कम्पनीहरुले आफ्नो नाफाबाट नागरिकको दैनिक उपभोग सस्तो बनाउन लगानी नगरे भारी कर लगाउने चेतावनी दिएका हुन् ।

आइतबार मात्रै अमेरिकाको ठूलो तेल कम्पनी एक्सानमोबिल र शेवरानले नाफामा नयाँ रेकर्ड कायम गरेका थिए ।
युक्रेनमा रुसी हमलापछि तेलको कच्चा पदार्थको मूल्य लगातार बढिरहेको छ जसले तेल उत्पादक कम्पनीहरुको मुनाफा व्यापक मात्रामा बढेर नयाँ नयाँ रेकर्ड कायम भैरहेका छन् । रुसले युरोपमा ग्यासको सप्लाई बन्द गरेपछि प्राकृतिक ग्यासको मूल्यमा पनि भारी वृद्धि भएको छ ।

बाइडेनको चेतावनी

सोमबार अमेरिकी राष्ट्रपछि जो बाइडेनले ट्वीट मार्फत तेल कम्पनीहरुलाई चेतावनी दिँदै या त अमेरिकी उपभोक्ताका लागि कम मूल्य निर्धारण गर्नुपर्ने, आफ्नो उत्पादन क्षमता बढाउन पर्ने अन्यथा भारी कर तिर्न तथा प्रतिबन्धहरुको सामना गर्न तयार हुनुपर्ने उद्घोष गरेका थिए ।
बाइडेनले पछिल्लो ६ महिनामा केहि ठूलो तेल कम्पनीहरुले १०० अर्ब डलर भन्दा बढी नाफा कमाईसकेको पनि दावी गरेका छन् ।

‘पछिल्लो ६ महिनामा ठूला तेल कम्पनीहरुले १०० अर्ब डलर भन्दा बढी नाफा कमाईसकका छन्, २०० दिनमा १०० अर्ब डलर नाफा कमाउने कम्पनीहरुले तेलको प्रशोधनमा औषत नाफा कमाएको भए आज तेलको मूल्य ५० सेन्ट भन्दा कम हुने थियो ।’ बाइडेनले भनेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले कांग्रेससँग तेल कम्पनीहरुमा भारी कर लगाउने र अन्य प्रतिबन्ध लगाउन माग गर्ने एक अधिकारीले बताईसकेका छन् । बाइडेनले युद्धका कारण तेल कम्पनीहरुले अचाक्ली नाफा कमाएको बताउँदै आएका छन् ।

तेल कम्पनीहरुलाई सम्झाए जिम्मेवारी
राष्ट्रपति बाइडेनले तेल कम्पनीहरुलाई आफ्ना सेयरधनीहरुको भन्दा पहिले उपभोक्ताको हित हेर्न सचेत गराएका छन् । उनले नाफा भन्दा अघि बढेर उपभोक्ताका लागि उत्पादन र रिफाइनरी क्षमता बढाउन भनेका हुन् ।

भलै, पछिल्लो केहि समयमा तेल र ग्यासको मूल्यमा केहि कमि आएको छ तर फेब्रुअरीमा युद्ध सुरु हुनुअघिको स्तरमा भने अझै पुगेको छैन् ।
उता, युरोपमा सेल एण्ड टोटल इनर्जी कम्पनीको नाफामा पनि उछाल आएको छ । तेल कम्पनीको मुनाफासँगै युरोपमा पनि त्यसबारे बहस सुरु भैसकेको छ ।

बाइडेनले भनेका छन–‘अब समय आएको छ की यी तेल कम्पनीहरुले युद्धको फाइदा उठाउन बन्द गरुन, अमेरिकी नागरिकलाई बढ्दो मूल्यबाट केहि राहत दिऊन ।’

अन्तराष्ट्रिय घट्नाक्रम बाहेक तेल कम्पनीहरुको कामकाजमा आएको समस्याले पनि तेल उत्पादनमा कमी आईरहेको छ ।
उत्पादन नै कम भएपछि तेलको मूल्य बढ्नु स्वभाविक नै हुने भयो ।

चुनावी मुद्धा बन्दै तेल
तेलको मूल्य वृद्धि अमेरिकाको आसन्न मध्यावधि निर्वाचनका लागि पेचिलो मुद्धा बनिसकेको छ । अमेरिकामा ८ नोभेम्बरका दिन मध्यावधि निर्वाचन हुँदैछ ।

राष्ट्रपति बाइडेनले तेलको मूल्य कम गर्न आफ्नो सरकारले पुरै मेहनत गरिरहेको सन्देश दिन खोजिरहेका छन् ।
शनिबार मात्रै उनले ट्वीटले गरेर तेल कम्पनीहरुले अरबौं डलर नाफा कमाईरहेको र त्यस्तो नाफा उत्पादन क्षमता बढाउन प्रयोग नगरेर सेयरधनीहरुलाई वितरण गर्न थालिएको आरोप लगाएका थिए ।

बाइडेनले भनेका छन् अब तेलको यो मूल्य अब स्वीकार्य छैन् र तेल कम्पनीहरुले तत्कालै मूल्य घटाउने समय भैसकेको छ ।
अमेरिकामा बढ्दो महंगी आगामी मध्यावधि निर्वाचनका लागि प्रमुख मुद्धा बनिसकेको छ । आम अमेरिकीहरु महंगीको मारबाट दुःखी छन् र बाइडेन प्रशासनले यो दिशामा कदम उठाएको देखाउने प्रयास गरिरहेको छ ।

एकातारि आम नागरिक महंगीको चपेटामा छन् भने अर्का तिर तेल कम्पनीहरुले ऐतिहासिक मुनाफा आर्जन गरिरहेका छन् ।

तेल कम्पनीहरुले कति कमाए नाफा ?
तेश्रो त्रैमासिकमा एक्सानमोबिल कम्पनीले १९.७ अर्ब डलर नाफा आर्जन गरेको छ । यो नाफा कम्पनीका लागि नयाँ रेकर्ड नै हो । अमेरिकाको दोश्रो ठूलो तेल कम्पनी शेबरानको नाफा ८४ प्रतिशतले बढेर ११.२ अर्ब डलर पुगेको छ ।

तेल कम्पनीहरुको मुनाफाबारे एक्सानमोबिल कम्पनीका सिईओ डेरेन बुड्सले शुक्रबार नै भनेका थिए की कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश दिईरहेको छ ।

सिईओ बुड्सको धारणा माथि प्रतिक्रिया दिँदै राष्ट्रपति बाइडेनले सेयर धनीहरुलाई लाभांश दिनु आम अमेरिकी परिवारलाई कम मूल्यमा तेल दिनु बराबर नहुने बताएका थिए ।

अमेरिकामा एक ग्यालिन पेट्रोलको मूल्य ५ डलर पुगेको थियो र अहिले ४ डलर कायम भएको छ । यद्यपी यो मूल्य रुस–युक्रेन युद्ध भन्दा पछिको अवस्थामा अझै आईपुगेको छैन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE