काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन १२ सय रुपैयाँले घटेको सुन आज १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४९ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाला सुनको भाउ आज १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८१५ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्