Skip to content
Shikhar Insurance
National Life

१ हजारका नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई, छपाई वापत १ करोड अमेरिकी डलर तिर्दै राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतलाई दिएको छ । केन्द्रीय बैंकले सार्वजनिक सुचनामार्फत् भारतीय सरकारी कम्पनी भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको जनाएको हो ।

राष्ट्र बैंकले बुधबार सो ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गर्दै १ हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले गर्ने उल्लेख गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो । यसका लागि कम्पनीले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर कबोलेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्