Skip to content
Shikhar Insurance
National Life

१ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्दै खप्तड लघुवित्त, मेगा क्यापिटल बन्यो सेयर रजिष्ट्रार

Hyundai
NCELL
NIMB

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई १  लाख ३२ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

आईपीओ निष्काशन बाँडफाँड पश्चात कम्पनीको सेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका मेगा क्यापिटल नियुक्त भएको हो ।

मेगा क्यापिटल र खप्तड लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्र हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा मेगा क्यपिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्