Skip to content
Shikhar Insurance
National Life

‘१ रुपैयाँमा के, सामसङ इन आइएमई पे’अफर घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं। आइएमई पे ले ‘१ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गतेदेखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘१ रुपैयाँमा के’ ब्यानरमा गइ खेल्न सक्नुहुनेछ । यस एकहप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जालमार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी पनि कम्पनीले दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE