Shikhar Insurance
National Life

१ करोडभन्दा बढी कारोबार गर्ने कम्पनीको आय विवरण बुझाउने म्याद थपियो

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले आय विवरण बुझाउने म्याद थप गरेको छ । मन्त्रालयको मंसिर २३ गतेको निर्णय अनुसार १ करोड भन्दा बढी कारोबार गर्ने कम्पनीहरुको विवरण बुझाउने म्याद पुस १ सम्म थपिएको हो ।

अर्थ मन्त्रालयले आय विवरण बुझाउने म्याद थप गरेको छ । मन्त्रालयको मंसिर २३ गतेको निर्णय अनुसार १ करोड भन्दा बढी कारोबार गर्ने कम्पनीहरुको विवरण बुझाउने म्याद पुस १ सम्म थपिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयले २५ करोडसम्म कारोबार गर्ने कम्पनीहरुलाई कर विवरण बसझाउने मिति असोज मशान्तसम्म मात्रै दिएको थियो । अब १ करोड भन्दा भन्दा बढी कारोबार गर्ने कम्पनीले पुस १ गतेसम्म आय विवरण बुझउँदा हुने भएको छ । आय विववरण बुझाउने म्याद थप नहुँदा व्यवसायीहरुले चर्को विरोध गर्दै आएका थिए ।

आयकर ऐन, २०५८ को दफा ९६ (१) मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रही सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्ने हुन्छ ।

ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नु पर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

ऐनमा उल्लेखित व्यवस्था बमोजिम हाल विभागको कम्प्यूटर प्रणाली (Integrated Tax System) मा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रुपमा म्याद थप हुने व्यवस्था रहेको छ ।

यसअघि विभागको मिति २०८१/०६/०४ को निर्णयानुसार वार्षिक रु २५ करोडसम्म कारोवार गर्ने करदाताहरु र कारोवार भएका निकायहरुको सम्वन्धमा मंसिर मसान्तसम्म र वार्षिक रु २५ करोडभन्दा बढीको कारोवार गर्ने करदाताहरुको सम्वन्धमा पौष २० गतेसम्म आय विवरण पेश गर्न पाउने भनी म्याद थप गरेको थियो ।

निजी क्षेत्रका विभिन्न व्यवसायिक /व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेश गर्ने म्याद २०८१ पौष मसान्तसम्म कायम गरिदिन भनी अनुरोध भई आएकाले यस आन्तरिक राजस्व विभागले म्याद थप गरेको बताएको छ । म्याद थप गर्न आन्तरिक राजस्व विभागको Integrated Tax System बाट Automatically २०८१ पौष मसान्तसम्म म्याद थप हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्