Skip to content
Shikhar Insurance
National Life

१९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान

Hyundai
NCELL
NIMB

मारवाडी सेवा समिति नेपालले १९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ । १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीहरुले एउटै म्याचमा अति नै दुर्लभ ५ वटा विश्व किर्तिमान बनाएका थिए । ति खेडालीहरुलाई समितिले सम्मान गरेको हो ।

समितिले ९ बलमा अर्ध शतक बनाई विश्व किर्तिमान बनाउन सफल दिपेन्द्र सिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व किर्तिमान बनाउन सफल कुशल मल्ललाई नगद एक एक लाखसहित सम्मान गरेको हो । साथै कराँते खेलतर्फ नेपाललाई रजत पदक दिलाएकी एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको छ ।

नेपाल क्रिकेट संघ र राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई पनि सम्मान गरिएको थियो । मारवाडी समुदायका विभिन्न संघ संस्थाहरुले मिलेर हरेक वर्ष दिपावली स्नेह मिलन समारोह मनाउँदै आइरहेका छन् र यसपाली पनि सोही समारोहमा खेलाडीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रम मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम (धार्के) मारवाडी महिला मंच र मारवाडी युवा मंच लगायतले संयुक्त रुपले आयोजना गरेका थिए । मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले जाजरकोट र पश्चिम रुकुममा केहि दिन अघि गएको भूकम्पमा परी ठूलो जनधनको क्षती भएकोमा दुःख व्यक्त गर्दै पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल सहयोग उपलब्ध गराईसकेको बताए । उनले थप सहयोगको तयारी पनि गरिरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष श्रीमती अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्