Skip to content
Shikhar Insurance
National Life

१८ खर्ब ४४ अर्ब पुग्यो विदेशी मुद्रा संचिति, साढे १४ महिनाको आयात धान्न पुग्ने

Hyundai
NCELL
NIMB

काठमाडौं। आयात घट्दा विदेशी मुद्दा संचितिमा वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १४.७ महिनाको वस्तु आयात गर्न पुग्ने मुद्रा संचिति रहेको छ। चालु वर्ष सुरुवाती देखिनै मुद्रा संचितिमा सुधार आइरहेको छ।

चालु वर्षको माघ महिनासम्ममा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ। यो रकम अमेरिकी डलर अनुसार १३ अर्ब ८९ करोड मौज्दात छ। यो रकमले १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अनुमान राष्ट्र बैंकको छ।

वैदेशिक मुद्रा संचिति गत वर्षको तुलनामा १९.९ प्रतिशतले वृद्धि भएको छ। मुद्रा संचिति कुल ग्राहस्थ उत्पादनको तुलनामा ३४.३, कुल आयातको अनुपातमा १०२.४ प्रतिशत रहेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्