Skip to content
Shikhar Insurance
National Life

१६ लाख लगानीकर्ता डुबे, सेयर बजार सुधार्न अब यसो गर्नुपर्छ

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट भिष्मराज ढुंगानालाई २०७८ भदौ १६ गतेदेखि निलम्बन गरेपछि बोर्ड सञ्चालक समितिको अध्यक्षता गर्दै आएका छन् शोभाकान्त पौडेलले । उनी नेपाल सरकारको सहसचिव हुन् र हाल आन्तरिक राजश्व विभागका महानिर्देशकको जिम्मेवारीमा छन् । उनै पौडेलले मंसिर २३ गते अर्थ समिति बैठकमा राखेको धारणाले पुनः एक पटक सेयर बजारमा तरंग उत्पन्न गरेको छ ।

अर्थ समिति सभापति कृष्ण प्रसाद दाहाल, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर तथा नेपाल उद्योग परिसंघका प्रतिनीधी एंव सेयर बजारका केहि ठूला लगानीकर्तालाई साक्षी राखेर पौडेलले केहि महत्वपूर्ण तथ्य उजागर गरेका छन् ।

यस्तो छ, पुँजी बजार सम्बन्धी पौडेलको धारणा

आज बैंकिङ क्षेत्रको राजश्वमा योगदान ३८ प्रतिशत छ । बैंकिङ र बीमा क्षेत्र नभएको भए ३ तहको सरकार चल्दैन थियो । यी क्षेत्रको योगदान महत्वपूर्ण छ । त्यसैले अब सरकारी खर्च बढाउँदै जाने र बैंकहरुले कर्जा प्राथमिकताका क्षेत्रहरु छुट्याएर प्रवाह गर्नु पर्छ । निक्षेपलाई कसरी प्रोत्साहन गर्दै बढाउँने त्यसमा काम गर्नु पर्यो । राष्ट्र बैंकको अहिलेको नीतिलाई कुनै पनि दोष दिन्न । यो पोलिसीमा लिभरेज दियौं भने हामी पनि टर्की कै अवस्थामा पुग्छौं ।

पुँजी बजारको विषयमा अम्बिका सर(अम्बिका प्रसाद पौडेल)ले कुरा उठाउनु भएको थियो । पुँजी बजारको विषयमा मैले अस्ति सानो सर्भे पनि गरेको थिए । पुँजी बजारमा आएका ३८/४० लाख लगानीकर्ता मध्ये करिब १६ लाख लगानीकर्ता डुबेछन् । म पुँजी बजारको बिरोधी भने होइन । भारतमा मोदी सरकार आउनुभन्दा अघि १२ हजार भएको इण्डेक्स अहिले ६४ हजार पुगेको छ । पुँजी बजार बढ्नु पर्छ ।

बढ्दा हामीलाई ‘ट्याक्स इनकम’ आउँछ । तर पुँजी बजारमा ‘फेयर प्ले’ भने हुनु पर्छ । एउटा ग्रुपमात्र दौडियो भने अर्थतन्त्र कसरी माथि जान्छ ? लाइसेन्स त्यही ग्रुपलाई दिने ? एक ग्रुपलाई मात्र ‘प्रिभिलेज’ दिइयो भने अर्थतन्त्र माथि जादैन । दौडन सबैलाई बराबर बाटो दिनु पर्यो ।

https://singhadarbar.com/post/28959/

अहिले १६ लाख लगानीकर्ता डुबे ५/७ लाख मात्र बने भनेपछि रेगुलेटरी मेकानिजममा ‘ल्याप्सेस’ छ । मैले कसैलाई दोष लगाउन खोजेको हैन । पुँजी बजार बढ्नुपर्छ तर, साना लगानीकर्ता डुबे भने उनीहरुलाई इनकरेज गर्न सकिएको छैन । ३० हजार रुपैयाँ लगानी गरेको मान्छे उसको आज सेयरको भाउ १५ हजार रुपैयाँमा आयो । उसले त अर्को १५ हजार रुपैयाँ कमाउनु पर्ने थियो नी ।

त्यस कारण पुँजी बजारले यसलाई रेगुलेट गर्न सक्यो कि सकेन ? केही मान्छेहरु त बेचेर निस्किएर बने(कमाए), अरु साना लगानीकर्ता जो भर्खर बजारमाका आएका थिए उनीहरु डुबे ।

हामी भने ६/७ प्रतिशत कर आयो भनेर रमाएर बस्यौ । तर त्यसो होइन, अब हामी त्यसको पक्षमा छैनौं । पुँजी बजारमा सबैलाई बराबर खेल्ने बाटो दिनुपर्छ । यसका लागि मन्त्री ज्यूसँग पनि कुरा भइसकेको छ ।

पुँजी बजार भनेको अलिकति ‘फ्रेजायल’ त हुन्छ नै । त्यसैले ठुला लगानीकर्तालाई पनि संरक्षण दिनुपर्छ र साना लगानीकर्ता पनि नडुब्ने गरी रेगुलेटरी मेकानिजमलाई दरिलो बनाएर जाँदा अर्थतन्त्र माथि जान्छ ।

आइपीओ जारी गरेको विषयमा छुट्टै हो तर अन्य विषयमा रेगुलेटरले गरेको काममा उसलाई ओपन छोड्नु पर्छ । राष्ट्र बैंकले यो गर्यो, त्यो गर्यो भन्न पाईदैन । रेगुलेटरले आफ्नो काम गर्छ, चाहे तरलताको समस्या होस् या कल्चरल समस्या होस् । पोलटिकल माननीय सभापतिज्यू(अर्थ समिति सभापति कृष्ण प्रसाद दाहाल) यही हुनुहुन्छ । सबै समस्या भनेको हाम्रो ‘एटिच्युड’को हो । नेपालीको एटिच्युड नै खराब भएर हामी नबनेको हो । हाम्रो एटिच्युड सुधार नभएसम्म ‘नेभर एण्ड इभर’ देश बन्दैन ।

(अर्थ समिति बैठकमा पौडेलले व्यक्त गरेको धारणाको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE