Skip to content
Shikhar Insurance
National Life

१६ बैंकमाथि कारवाहीको डण्डा चलाउँदै राष्ट्र बैंक, को को पर्ने भए फन्दामा ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ वटा वाणिज्य बैंकहरुलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीडी रेसियो सीमा कायम नगर्ने वाणिज्य बैंकहरु कारवाहीमा पर्ने भएका हुन् । कर्जा–निक्षेप अनुपात (सीडी) रेसीयो ९० प्रतिशत कटाउने वाणिज्य बैंकलाई घटाउन ताकेता गरेको थियो । तोकिएको समयमा सीमाभित्र सीडी रेसीयो कायम गर्न नसक्ने सम्भावना रहेका बैंकहरुलाई राष्ट्र बैंकले ताकेता लगाउन थालेको छ ।

राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई हटाएर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागू गरेको थियो । सीडी रेसीयो ९० प्रतिशत कायम गर्नु भन्नाले बैंकहरुले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन् भन्ने हो । सिंहदरबारलाई प्राप्त तथ्यांक अनुसार जेठ १५ गतेसम्म १६ वटा वाणिज्य बैंकको सीडी रेसीयो ९० प्रतिशतमाथि छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीडी रेसीयोलाई आगामी असार मसान्तसम्म ९० प्रतिशतको सीमामा ल्याउनका लागि अहिले देखिनै गृहकार्य शुरु गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जानकारी बताए ।

‘सीडी रेसीयोमा बैंकहरुलाई क्लोज मोनिटरिङ (अनुगमन) गरिरहेका छौं,’ डेपुटी गभर्नर मिश्रले सिंहदरबारसँग भने, ‘यस विषयमा सम्बन्धित बैंक सुपरिवेक्षणलाई ध्यान दिन भनिएको छ, सीडी रेसीयो सीमा माथि भएका बैंकहरुले घटाउन के गरिहेका छन् त्यमा राष्ट्र बैंकले अहिले विषेश निगरानी राखिरहेको छ ।’

अहिले सीडी रेसीयो घटाएर ९० प्रतिशत तल कायम गर्न राष्ट्र बैंकले व्यक्तिगत रुपमा बैंकहरुलाई सुझाइरहेको भएपनि आगामी असार मसान्तदेखि त्यस्ता बैंकहरु कारवाहीमा पर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै ९० प्रतिशतमाथि सीडी रेसीयो कटाएर व्यवसाय गर्नको लागि शर्त सहित बाटो खोली दिएको थियो । तोकिएको समयमा सीमा ल्याउन के गर्ने त्यसको कार्य योजना बनाएर बैंक सञ्चालक समितिबाट स्वीकृत गराइ राष्ट्र बैंकमा पेश गर्न भनेको थियो । सोही अनुसार बैंकहरुले सीमा माथि पुगेको सीडी रेसीयो घटाउनु पर्ने थियो ।

तर, अधिकांश वाणिज्य बैंकले पाएको सुविधाको दुरुपयोग गर्दै ९१/९२ को हाराहारीमा रहेको सीडीलाई शत प्रशितमाथिसम्म कटाएर व्यवसाय गर्न थालेका थिए । जसले गर्दा केही महिना अधिमात्रै राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर सीडी रेसीयो कटाउने बैंकलाई नयाँ कर्जा प्रवाह गर्न निर्देशात्मक सुझाव दिएको थियो ।
अहिले पनि सीडी रेसीयो समिा माथि पुगेका वाणिज्य बैंकहरुका सीइओलाई बोलाएरै स्पष्टिकरण सोध्ने काम शुरु गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘विषेशगरी ९३/९४ प्रतिशतभन्दा माथि र घटाएर ९० प्रतिशत कम गर्नुभन्दा बढाएरै व्यवसाय विस्तार गर्ने बैंकका सीइओहरुलाई अहिले बोलाएरै स्पष्टिकरण सोधिन थालिएको छ,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘अहिले त ९० प्रतिशतमा झार्नुस् भन्ने मात्र हो, साउन १ गतेदेखि धमाधम कारवाही शुरु हुन्छ ।’

सीडी रेसीयो ९० प्रतिशत माथि हुने बैंकहरुलाई राष्ट्र बैंकले साउन १ गतेदेखि लिखित स्पष्टिकरण सोध्ने, हजर्ना तिराउने, विभिन्न सेवा सुविधाबाट बञ्चित राख्ने लगायत दफा १०० मा उल्लेखित कारवाही गर्न पछि नहट्ने उनको भनाइ छ ।

जेठ १५ गतेसम्म कुन बैंकको कति ?
सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकले जेठ १५ गतेसम्म ४३ खर्ब ७९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी सीडीको सीमा कटाएरै ४१ खर्ब ९१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जेठ १५ गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसीयो ९०.३४ प्रतिशत कायम थियो ।

उक्त समयसम्म १६ वटा वाणिज्य बैंकको सीडी रेसीयो सीमाभन्दा माथि अर्थात् ९०.६४ प्रतिशतदेखि ९६.५६ प्रतिशत कायम थियो । सो अवधिमा ५ वटा बैंकको सीडी रेसीयो ९५ प्रतिशतमाथि छ । जसमा सबैभन्दा धेरै सीडी रेसीयो ९६.५६ प्रतिशत बैंक अफ काठमाण्डूको छ । साथै, सेञ्चुरी बैंकको ९६.५२ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९५.६१ प्रतिशत, प्राइम बैंकको ९५.४५ प्रतिशत र कुमारी बैंकको ९५.०५ प्रतिशत कायम छ ।

यस्तै, जेठ १५ गतेसम्म कृषि विकास बैंकको ९२.९६ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९२.६१ प्रतिशत र नबिल बैंकको ९२.०२ प्रतिशत सीडी रेसीयो कायम छ । सो अवधिमा हिमालयन बैंकको ९१.३८ प्रतिशत, नेपाल इनभेष्टमेन्ट बैंकको ९१.३८ प्रतिशत, सनराइज बैंकको ९१.३८ प्रतिशत, सिद्धार्थ बैंकको ९१.३१, एनसीसी बैंक ९१.२१ प्रतिशत, सिटिजन्स बैंक ९१ प्रतिशत, नेपाल बैंक, ९० प्रतिशत र सिभिल बैंकको ९०.३१ प्रशितले सीडी रेसीयो कायम थियो ।

यसबाहेक ११ वटा वाणिज्य बैंकको मात्र सीडी रेसीयो सीमा तल छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE