Shikhar Insurance
National Life

१५.९३ अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब ३६ करोड

सिंहदरबार संवाददाता
२०८१ मंसिर २०, बिहीबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ मा पुगेको छ ।

बिहिबार ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७ सय २७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४ सय २ रुपैयाँ ७२ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४२ करोड १९ लाख ३९ हजार ४ सय ८५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ ।

आज ४० कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज खानीखोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्पोट माक्रोफाइनान्सको सेयरमा ८.३७ प्रतिशले गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्