Skip to content
Shikhar Insurance
National Life

१५ प्रतिशत लाभांश प्रस्तावसहित घोराही सिमेन्टले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । घोराही सिमेन्टले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुने कम्पनीले जनाएको छ।

सभाले हाल कामय चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खडित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार परेकाले १३ र १४ गते सेयर कारेबार हुदैन। १५ गते आइतबार लोसारको अवसरका सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, पुस १२ गतेसम्म नेप्सेमा कारोबबार भई कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्