Skip to content
Shikhar Insurance
National Life

१५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकद्वारा कर्णालीका विभिन्न विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा आर्थिक सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बैशाख ७ गते १५औँ वार्षिकोत्सव मनाउँदै छ ।

बैंकले जाजरकोट जिल्लाको श्री हरिशिव प्राथमिक विद्यालय तथा श्री कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको श्री बालमन्दिर माध्यमिक विद्यालय तथा श्री मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको श्री बालमन्दिर आधारभूत विद्यालय, श्री गौरी आधारभूत विद्यालय तथा श्री आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई ५०–५० हजार रुपैयाँ वितरण गरेको छ । बैंकले जुम्ला जिल्लाको श्री जनता माध्यमिक विद्यालय (प्राबिधिक धार)लाई १ लाख तथा हुम्ला जिल्लाको श्री लालिगुँराश मा.वि, श्री कोट मा.वि तथा श्री हिमज्योती मा.वि प्रत्येकलाई ३३ हजार ३३३ रुपैयाँ प्रदान गरेको हो ।

विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन् भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन आर्थिक सहयोग प्रदान गरेको बताएको छ । यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । सहयोगले त्यहाँ रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे, मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने बताइएको छ ।

बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई ५० हजारका दरले प्रदान गरेको छ । यस रकम त्यहाँ आवश्यक विभिन्न सर सामानहरु ख्रिद गर्नका लागी उपयोग हुने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्