Skip to content
Shikhar Insurance
National Life

१५औं “नाडा अटो शो २०२३” भदौ २६ देखि

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपाल ले १५औं संस्करणको “नाडा अटो शो २०२३” भदौ २६ देखि ३१ गते आयोजना गर्ने जनाएको छ । नाडाले आज आयोजित प्रत्रकार सम्मेलनमा सो कुरा बताएको हो ।

सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको सहभागिता रहने शो को प्रायोजक भने टाटा मोटर्स जेनुइन आयल रहने समेत नाडाले जानकारी दिएको छ ।

सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड, डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन् हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेको प्रदर्शनीको व्यवस्थापन भने ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १ सय २० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने छ ।

प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने भएको छ । एक्स्पोको टिकट खल्ती एप मार्फत अनलाईन खरिद गर्न सकिने छ । टिकटको बिक्री आजैबाट सुरु भएको आयोजकले जनाएको छ ।

अटो शो को आयोजना भने काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा हुने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्