Skip to content
Shikhar Insurance
National Life

१४ किमीको भाडा ३०० रुपैयाँ, थोरै भयो भन्दै ३ दिनदेखि यातायात ठप्प

Hyundai
NCELL
NIMB

डोल्पा । जिल्लमा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए । “हामीले दुई स्थानीय तहले ३०० कर उठाउँदा मारमा परेर पनि ३५० मै यात्रु बोकियो, घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको हो”, पौडेलले भने, “दर्जनौँ जीपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै ।”

जीप व्यवसायीहरुले क्षमताभन्दा बढी मान्छे हाल्न पाउनुपर्छ भनेर कानूनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । “तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि रु ५० घटाइएको हो”, पाण्डेले भने, “सर्वसाधारणको सेवा सुविधालाइ ध्यानमा राख्दै सबै कुरा व्यावहारिक रुपमा हेरिएको छ, तैपनि व्यवसायीहरु आफूखुशी गर्छन् ।” सर्वसाधारण र व्यवसायी दुवै पक्षलाइ मर्कामा नपर्ने गरी भाडादर समायोजन गरिएको र जीप बन्द गरेपछि व्यवसायीलाई नै समस्या पर्ने पाण्डेले बताए ।

सुँपानी–दुनैको १४ किमी सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा ३५० बाट घटाएर ३०० मा झारेको थियो । जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर सङ्कलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो । तर प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जीप व्यवसायीहरुले यातायात सेवा ठप्प पारेका हुन् । दुनै–सुपाँनी सडकखण्डमा दुई दर्जनभन्दा धेरै जीपहरु सञ्चालनमा छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्