Skip to content
Shikhar Insurance
National Life

१४ अंकले बढ्यो नेप्से, ३ लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.२२ अंकले बढेर १,८७३.११ को विन्दुमा बन्द भएको हो ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.६८ अंकले बढेर ३६६.६५ को विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। यस दिन २५७ कम्पनीको २३ हजार ३४४ पटकको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता सेयर ९३ करोड ८ लाख ३९ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबार दिन ८८ करोडको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएको १५२ कम्पनीको सेयर मूल्य बढेको छ । ४६ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन होटल तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ। बाँकी ११ उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

मंगलबार तीन लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, सिवाईसी लघुवित्तको सेयर मूल्य ७.६२ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.७१ प्रतिशतले बढेको छ। यस दिन सनराइज ब्लु चिप फण्डको इकाईको मूल्य सर्वाधिक ४.६७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। कम्पनीको ६ करोड ३८ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, सिभिल बैंकको ४ करोड ३ लाख ७० हजार, हिमालयन डिस्टिलरीको ३ करोड ८२ लाख ५९ हजार, नबील बैंकको ३ करोड ३६ लाख ९२ हजार र फर्वाड माइक्रोपलाइनान्सको २ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर खरिदब्रिी भइ शीर्ष पाँच भित्र छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्