Skip to content
Shikhar Insurance
National Life

१३.७१ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । यसअघि बिहिबार ५.७१ अंकले बढेर बन्द भएको नेप्से सोमबार भने १३ अंकले घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १३.७१ अंकले घटेर २,१६५.१० को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.०५ अंकले घटेर ४१३.०१ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २५७ कम्पनीको १० लाख ७५ हजार ५७९ कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाख ८ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात् बिहिबार नेप्से परिसूचक ५.७१ अंकले बढ्दा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार रुपैयाँ बराबरको सेर खरिदबिक्री भएको थियो ।

सोमबार कारोबारमा आएको मध्ये ४१ कम्पनीको सेयर मूल्य बढेको छ । १६६ कम्पनीको सेयर मूल्य घटेको छ भने, ३ कम्पनीकको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आर्दश लघुवित्त वित्तीय संस्थाको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्स र कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । भने, हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । बैंकको २७ करोड ४८ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, एनआईसी एशीया बैंकको १२ करोड ७५ लाख ७७ हजार, रिडी पावर कम्पनीको ११ करोड ३३ लाख २२ हजार, अपि पावर कम्पनीको ११ करोड १३ लाख ८९ हजार र एभरेष्ट बैंकको १० करोड २ लाख ७१ हजार रुपैयाँ बराबरको सेर खरिदबिक्री भई शीर्ष पाँच भित्र छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.०८ अंक बढेको छ। त्यसैगरी, म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.६६ अंक बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्